magar jati cover
ram bdr pustak cover
bhoj bikram pustak
mAGARATI SANSKRITI COVER
Ghantu Magar
Indigenous Magar

नेपाल मगर लेखक संघ

केन्द्रीय समिति, काठमाडौं ।

१७ असोज, २०७१

आदिवासी मगरका सम्बन्धी शोधखोज गरी मगरहरुबाट ग्रन्थहरु निर्माण गर्ने कार्य प्रा.डा. केशरजङ बरालमगर (वि.सं. २०३८) बाट शुरुवात भए पनि प्राज्ञिक प्रकाशन सन्तोषजनक देखिदैन । मगरहरु राजनैतिक प्रभावले गर्दा मगरहरु प्राज्ञिक बहस गर्न नरुचाउनु, शुद्ध प्राज्ञिक बहस भन्दा आप्mनो विचार मात्र प्रचार गर्ने व्यक्तित्वहरुको हावी हुनु, प्राज्ञिक व्यक्तिहरु मगरबारे अध्ययन अनुसन्धानमा चासो नदेखाउनु, मगर संघ लगायत मगरका नेतृत्वदायी संस्थाहरुले आदिवासी मगर सम्बन्धी अध्ययन अनुसन्धान खास लगानी नगर्नु, मगरहरुमा फुटवादी सोंच र कुर्सीको सोंच हावी हुनु, तथा मध्यकालको नेपालमा बाइसे र चौबिसे राज्य ताका भएको भुरे टाकुरे राज्यको सामान्ती सोंच र प्रवृती मगरहरुमा पाइनु आदि आन्तरिक कारणहरु तथा राज्य सत्ताको बेवास्ता आदिका कारण आदिवासी मगरहरुबारे खोज अध्ययन कम भएको जानकारहरु बताउँदछन् । तर पनि मगरहरुमा अध्ययन अनुसन्धानात्मक कृतिहरु प्रकाशन गर्ने लहर विस्तारै जाग्दै छ । आर्थिक बर्ष २०७०/७१ मा (क) याम पुन र झकेन्द्र घर्तीमगर को सम्पादनमा “मगर जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ” (ख) भोजविक्रम बुढामगरको “आदिवासी मगरको राजनीतिक इतिहास” (ग) रामबहादुर थापामगरको “जनयुद्धमा आदिवासी जनजाति मगर सहभागिताका कारण र परिणाम” (घ) लोक बहादुर थापामगरको “मगर भाषा साहित्य मन्तव्य सँगालो तथा कृति समिक्षा भाग एक” (ङ) विष्णुकुमार सिङ्जाली को “आदिवासी मगरका विविध पक्षहरु” (च) मगर अध्ययन केन्द्र, काठमाडौ को जर्नल शोधमाला “घाटु विशेषाँक” (छ) मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौको प्रकाशन “मास्टर मित्रसेन र उनका सिर्जना” प्रकाशन भएको जानकारी आएको छ । यसै गरी धर्म प्रसाद श्रीसको “मगराँती संस्कृती”को दोस्रो संस्करण पनि बजारमा आएको छ । नेपाली साहित्यमा लेखिएका शोधमुलक पुस्कतकहरुले आदिवासी मगरका बारेमा बुझ्न मदत गर्ने आशा गर्न सकिन्छ । विशाल जनसंख्या बोकेको मगरका बारेमा यी कृतिहरु थोरै हुन् तर पनि अगाडी बढ्ने प्रयाश गरेको देखिन्छ । अब मगरहरु यहि गतिमा कुद्न सक्छन् कि सक्दैनन्, त्यो हेर्न बाँकी नै छ ।