मगर भाषा तथा साहित्य लेखन गोष्ठी सम्पन्न

  दिलमाया पुनमगर/यमुना सारुमगर

२०७० जेष्ठ १५, तानसेन, पाल्पा

नेपाल मगर लेखक संघ, अञ्चल समिती लुम्बीनीको आयोजना, नेपाल मगर लेखक संघ जिल्ला समिती, पाल्पाको सह–आयोजना तथा आदिबासी जनजाति राष्ट्रीय उत्थान प्रतिस्थान, जावलाखेल ललितपुरको प्रायोजनमा २०७० सालको गणतन्त्र दिवसको दिनमा “मगर भाषा तथा साहित्य लेखन गोष्ठी” तानसेन पाल्पामा सम्पन्न भएको छ । तानसेन नगरपालिकाको हलमा भएको गोष्ठीमा मगर भाषामा कविता बाचन, कार्यपत्र प्रस्तुती, पुस्तकको विमोचन तथा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रमहरु भएका थिए ।

कार्यपत्र शत्रको अध्यक्षता प्रमुख अतिथी पोखरा विश्वविद्यालयका पुर्व उपकुलती प्रा.डा. केशरजङ बरालमगरले मगर भाषा र संस्कृतीको अध्ययन गर्न मगरका गाउँ गाउँ जानुपर्ने, पुस्तकालयमा होईन गाउँमा अध्ययन गर्न सक्नेले मात्र सहि कुरा ल्याउन सक्ने बताउँदै मगर भाषा हाल देवानागरीमा लेख्दा सबै दिर्घीकरण, अनावस्यक हलन्त राख्दा केही अप्ठेरो पारेको बताउनु भयो । उहाँले मगर समुदायबाट पनि भाषा विज्ञान पढ्ने विद्यार्थीहरु निस्केकाले पाँच÷दश वर्षमा मगर विज्ञहरु निस्कने बताउनु भयो, यसले मगर भाषाको विज्ञान, व्यवहार र समाजको पक्षमा काम गर्न सक्ने पनि बताउनु भयो । उहाँले हाल मगरका विद्धानहरु गाउँ गाउँमा गई अध्ययन गर्न नसकेकाले कुहिरोको काग जस्तै भएको पनि बताउनु भयो । कुनै पनि रिसर्चबाट आएको थेसिस, विद्धानहरुले दिएको परामर्श लाई एकचोटी पुनः जाँचेर हेर्नुपर्दछ त्यो समय सापेक्ष छ छैन अनुसन्धानमुखी चस्माले हेर्नुपर्ने पनि बताउनु भयो । यस सत्रमा यमुना थापामगर र दुर्गा ढेँगामगर को संयुक्त, तथा हेमा आलेमगरको साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुत भएका थिए भने विष्णुकुमार सिंजालीमगरले “बर्ण विन्यास, स्तरीकरण र बुझाई” सम्बन्धी तथा भाषाविद पुर्ण बहादुर रानामगर ले मगर ढुटको बर्ण ब्यवस्था सम्बन्धी कार्यपत्र सहित प्रशिक्षण गरेका थिए । कार्यपत्रमाथी उपस्थीत सबैले टिप्पणी गर्नुका साथै छलफलमा भाग लिएका थिए ।

यसका साथै वरिष्ठ साहित्यकार नारायण तारुङ (बैरागी नातामगर)ले “ब्यवसायिक साहित्य लेखन, सकरात्मक दृष्टिकोण र सोच” भन्ने शिर्षकमा प्रशिक्षण दिनुभएको थियो । सो प्रशिक्षणले मगर भाषामा साहित्य किन लेख्ने, कसरी लेख्ने, के को लागि लेख्ने, कसरी हाम्रो लेखन कार्यलाई निरन्तरता दिने, कसरी सफलता हासिल गर्ने जस्ता आदि कुरामा छलफल गराएको थियो । यसका साथै मगर भाषाका साहित्यकार नवलपरासीका सुश्री हेमा आलेमगर को “लर्पुmओ मिच्याट” नामक कथा संग्रह पनि सोही कार्यक्रममा प्रमुख अतिथी प्रा.डा. केशरजङ बरालमगरले विमोचन गर्नुभएको थियो ।

सोही कार्यक्रममा कविता बाचन सत्रमा पाल्पाका दुर्गा ढेंगामगर, हिमानी थापामगर, कक्षा सातमा पढ्ने पवन खाम्चामगर, नवलपरासीका महेन्द्र बी थापामगर, रुपन्देहीका सि.बि. सुनारीमगर, दल बहादुर बिरकट्टामगर ले कविता बाचन गर्नु भएको थियो । सो सत्रको अध्यक्षता गोष्ठीका संयोजक हरिता थापामगरले गर्नुभएको थियो । यसका साथै लुम्बिनी क्षेत्रमा मगर भाषा र साहित्यमा योगदान दिने व्यक्तित्वहरु उमेश थापा (लाटोमगर), टेक बहादुर सारु, अबिट सारुमगर, दिया आले, गोपीकृष्ण आचार्य, दल बहादुर बहादुर बिरकट्टा, हरिता थापामगर तथा मगर भाषामा प्राथमिक शिक्षा दिने नव जागृती प्रा.वि. चिदिपानी पाल्पालाई पनि सम्मान गरिएको थियो ।

सो गोष्ठीमा लुम्बिनी अञ्चलका सबै जिल्लाबाट र स्याङ्जा, तनहुँ, कास्की, बागलुङबाट समेत मगर भाषा र साहित्यलाई माया गर्नेहरुको उपस्थीति रहेको थियो । आदिबासी जनजाति महिला जिल्ला समन्वय समिति पाल्पाको अध्यक्ष, सौन्दर्यवती शाक्य साथै मगर संघ पाल्पा र यसका भातृ संस्थाहरुको पनि संग्लग्नता रहेको थियो । सो कार्यक्रमा विशेष अतिथी नेपाल मगर संघ, केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले मगर भाषा र संस्कृती मगरका पहिचान भएको र सो जोगाउनुपर्ने तथा मगरहरुमा भएको संकिर्ण विचारलाई त्याग्नुपर्ने, सामान्तबादका अवशेषलाई हटाउनुपर्ने तथा बैज्ञानिक अध्ययन, अनुसन्धानलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । अर्का विशेष अतिथी नेपाल मगर संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष तथा मगर लेखक संघका केन्द्रिय अध्यक्ष कर्णबहादुर बुढामगरले मगर भाषाको लेख्य विधी सबैले बुझ्न सक्ने भएमा पाठक संख्या बढ्ने, साहित्यकारले आफुले मात्र होईन सर्वसाधरणले बुझ्न सक्ने गरी सरल र व्यवहारिक हुने गरि लेख्नुपर्ने बताउनुभएको थियो । सो गोष्ठीको अध्यक्षता मगर लेखक संघ, अञ्चल समिति लुम्बिनीका अध्यक्ष लोकनेश ढेँगामगरले र सञ्चालन सचिव दिलमाया पुनमगरले गर्नुभएको थियो ।

 

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)