Jiba sima 2jiba sima 3jiba sima 1jiba sima 8jiba sima 9jiba sima 7

जिवनप्रवेश रोकामगर र दिलु पुनमगर
काठमाडौ
मिति २०७२ चैत्र २७ गते शनिबार काठमाडौं त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पृथ्बी हलमा जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजनामा सम्मान तथा पुरस्कार वितरण समारोह सम्माननिय सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा सम्माननिय सभामुख ओनसरी घर्तीमगर लगायत यस प्रतिष्ठानका संरक्षकहरु सम्मानित हुनु भएको थियो । पुरस्कार प्राप्त गर्नुहुने स्रस्ताहरुमा कास्कीका कवि रुद्रबहादुर हितानमगरलाई जिबसिम साहित्य पुरस्कार २०७१ बाट रु. ५०,०००।–, गोरेबहादुर खपाङ्गीमगरलाई जयबहादुर हितानमगर स्मृति पुरस्कार २०७१ बाट रु. २०,०००।– र रोल्पाका कवि टंकबहादु झाँक्रीमगर (समीप बैरागी) लाई जिवसिम नवप्रतिभा साहित्य पुरस्कार २०७१ बाट रु. १०,०००।– नगद राशीले प्रमुख अतिथि मार्पmत प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सम्माननिय सभामुख ओनसरी घर्तीमगरले भाषा तथा संस्कृतिको संरक्षणमा साहित्यको महत्वपूर्ण भूमिका रहेको बताउदै उत्कृष्ट साहित्यको सृजना तथा विभिन्न अनुसन्धानमुलक लेखहरु लेख्नु पर्र्नेे कुरामा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा विशिष्ट अथिति सुरेश आलेमगर, पुर्व प्रज्ञा सुलोचना मानन्धर, पुरस्कृत हुनुहुने रुदबहादुर थापा हितानमगर र टंकबहादुर झाँक्रीमगर (समीप बैरागी) ले पनि आफ्नो भनाईहरु राख्नुभएको थियो भने लेखक माकिममागरको कार्यक्रम सञ्चालन र सन्त गाहामगरको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम सभाध्यक्ष तथा जिबसिम साहित्य प्रतिष्ठानका अध्यक्ष संजोग लाफामगरले गोरेबहादुर खपाङ्गीमगरले मगर जातिको उत्थानमा पु¥याउनु भएको अतुलनिय योगदानको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।