nawalparasi magar lekhak

हेमा आले

नवलपरासी

यहि भाद्र २८ गते हिकोडेफ सभाहल, कावासोती-२, नवलपरासीमा मगर भाषाका आदिकवी स्व. रेख बहादुर सारु मगरको ७२ औं जन्म जयन्तीको अवसरमा कविता वाचन तथा दोस्रो मुखपत्र `उदिम´ विमोचन समारोह सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितिद्वारा आयोजित यस कार्यक्रममा नेपाल मगर लेखक संघ, केन्द्रिय समितिकि भाषिक उपाध्यक्ष (बार्ह मगरात), हेमा आले `बोगि´ प्रमुख अतिथिको रुपमा निम्त्याईएको थियो भने अञ्चल समिति लुम्बिनीको दोस्रो मुखपत्र `उदिम´ कि सम्पादक तथा संयोजक दिया आले मगरले कार्यक्रमको अध्यक्षता गरेकी थिईन् । कार्यक्रममा नेपाल मगर संघ, जिल्ला कार्य समिति, नवलपरासीका सचीव ईन्द्र फाल मगर, नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितिका सल्लाहकार कर्णेल धन बहादुर मास्की मगर, समाजसेवि द्वय नर बहादुर ठाडा मगर र दुर्गा बहादुर राना मगरका साथै बुद्ध दर्शन टेलिभिजन, कावासोतिका प्रबन्ध निर्देशक रुद्र बहादुर गुरुङले मन्तव्य राखेका थिए भने स्रष्टाहरुबाट मगर ढुटका साथै सम्पर्क भाषा (नेपाली) मा कविता वाचन भएको थियो ।